सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कांग्रेसबाट ४ मन्त्री बन्दै, कुनकुन मन्त्रालय पाउँदैछन? 

२०८१ साउन २१, ०२:२१ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसबाट सुदूरपश्चिममा चार मन्त्री बन्दैछन्।

हिजो (आइतबार) मुख्यमन्त्रीमा नियुक्त कमलबहादुर शाहको मुख्यमन्त्री मण्डलमा चार जना काँग्रेसबाटै मन्त्री बन्ने गरी नाम टुंगो लगाइएको छ। काँग्रेसबाट प्रदेश सभा सदस्य मेघराज खड्काले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खड्काले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन्।

बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाशबहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्। आजै मुख्यमन्त्री शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रहरूको पनि शपथ ग्रहण गर्ने तयारी छ। एमालेले पनि दलको बैठकबाट मन्त्रीको नाम टुङ्गो लगाउँदै छ।

कमेन्ट लोड गर्नुस