कैलालीका हावाहुरी पीडितलाई साढे २४ सय त्रिपाल वितरण

कैलालीका हावाहुरी पीडितलाई सोमबार सम्म साढे २४ सय त्रिपाल वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सोमबार साँझ सम्म हावाहुरी पीडितलाई २ हजार चार सय ६५ त्रिपाल वितरण गरिएको हो। जिल्ला विपद व्यवस्थापन उप-समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न संघसंस्थाबाट समेत गरेर सोमाबार २ हजार चार सय ६५ त्रिपाल वितरण गरिएको जानकारी दिए।
जोशीले हावाहुरी पीडितहरुलाई राहात समाग्री वितरणको काम भने जारी रहेको बताए। विनासकारी हावाहुरीले कैलालीमा र कञ्चनपुरमा करोडौँको क्षती भएको छ । कैलालीमा मात्र २ हजार २ सय १६ घरमा पूर्ण क्षती भएको छ।




