सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ६ स्थानीय तह बैंकको पहुँच बाहिर

२०७६ जेठ २८, ११:१४ रोशन भट्ट

सुदूरपश्चिमका ८८ वटा स्थानीय तहहरु मध्ये ६ वटा स्थानीय तहमा बैंक स्थापना हुन वाँकी रहेको छ। गाउमा सिंहदरवार आएको नारा दुई वर्ष पुगेपनि सुदूरपश्चिमका ६ स्थानीय तहमा वित्तिय संस्थाको स्थापना हुन नसकेको हो। प्रदेशको अर्थ मन्त्रालयले नागरिकको वित्तीय संस्थासँग पहुँच भन्ने कार्यक्रम संचालन गरेपनि सबै स्थानीय तहहरुमा बैंक स्थापना हुन नसकेको हो।

बैंक स्थापना हुन नसकेका ६ स्थानीय तह मध्ये वाजुराका तीन, बझाङका २ र डोटीका एक रहेका छन्। बाजुराका पाण्डव गुफा, स्वामी कार्तिक र गौमुल तथा बझाङका शैपाल र थलारा तथा डोटीको बडीकेदारमा बैंक स्थानपना नभएको नेपाल राष्ट्र बैंक धनगढीले जनाएको छ।  आर्थीक विकासको आधारको रुपमा हेरिएको बैंक स्थापना गर्न ढिलाई हुँदा यस क्षेत्रका स्थानीय बैंकिङ कारोवार गर्नबाट वञ्चित भएका छन्। स्थानीय तहहरुले भने आवश्यक सबै तयारी पुरा गरेको भएपनि स्थापना हुने भनिएको बैंकहरुले नै ढिलाई गरेको जनाएका छन्।

वाजुराको गौमुल गाउपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बैँक स्थापनाका लागि आवश्यक तयारी भएपनि शाखा स्थाापना गर्ने बैँकहरुका कारण नै ढिलाई भएको बताए। यता नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गर्दै सबै स्थानीय तहहरुलाई बैँक स्थापना गर्न निर्देशन दिईसकेको जनाएको छ। तर कतिपय स्थानमा सरकारले बैंक स्थापना गर्नको लागि गर्नुपर्ने कामहरु गरेको पाईएको छैन्। बैंक स्थापनाको लागि सुरक्षित संरचना सहित यातायातको सुविधा, विद्युत, संञ्चार, प्रहरी चौकी लगातका अन्य सुविधाहरु पूरा हुनु पर्छ।

सबै नागरिकको पहुँच बैंक तथा वित्तीय संस्थाहरुमा पु¥याउने दायित्व सरकारको भएपनि वास्ता नगरेको पाईएको छ। फेरी एक पटक नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीले स्थानीय स्तरमै नागरिकलाई वित्तिय पहुँच पु¥याउन स्थानीय सरकार जागरुक हुनुपर्ने सुझाव दिए। कतिपय स्थानीय तहहरुमा पूर्ण रुपमा भौतिक पुर्वाधारको विकास हुन नसक्दा र बैंकका शाखाहरुले गाउँमा जान नमान्दा पनि बैंक स्थापना गर्नमा ढिलाई भईरहेको छ।

तर बैंक स्थापना गर्नको लागि आवश्यक पर्ने आधारहरु पुरा गर्नको लागि र बैंकका शाखाहरु गाँउमा लैजानको लागि समन्वयात्मक भूमिका खेल्न पनि स्थानीय र प्रदेश सरकार असफल जस्तै भएपछि यस क्षेत्रका वासिन्दा बंैक तथा वित्तिय संस्थाको पहुँच वाहिर रहेका छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस