कैलालीमा भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ फिसरिसोट, धनगढी १० जुगेडा, धनगढीे १३ राजपुर चोक, टीकापुर नगरपालिका–७ खैरिपुर स्थित भित्री सडकखण्ड, भजनी नगरपालिका–३ कुसमघाट र भजनी ८ नवलपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब २ लाख २७ हजार ५२२ मूल्य बराबरको प्याज, चिनी, पास्ता, खाने तेल, खुर्सानी, नरिवल, सुर्ती, मिठाई, चक्लेट, धागो, किसमिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।