सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिलिपिन्सको राजधानी मनिलामा आगलागीबाट ११ जनाको मृत्यु

२०८१ साउन १९, ०७:५९ खबर संवाददाता

एजेन्सीः फिलिपिन्सको मनिलामा रहेको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ।

फिलिपिन्सको राजधानी मनिला सहरमा रहेको पाँच तहको व्यावसायिक र आवासीय भवनमा शुक्रवार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका हुन्। आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो।

मृतकमध्ये भवन मालिककी श्रीमती पनि थिइन्। जसको शव तेस्रो तल्लामा भेटिएको थियो। भवनका पहिलो तल्लामा रहेको क्यान्टिनमा रहेको ग्यासको पेट्रोलियम ट्याङ्की विस्फोट हुँदा आगलागी भएको हो। यद्यपि अनुसन्धान गरिरहेको ब्यूरोले अहिलेसम्म आगलागीको कारण भने पुष्टि गर्न सकेको छैन।

कमेन्ट लोड गर्नुस