सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा भूस्खलनमा परी मृत्यु हुनेको संख्या २१६ पुग्यो

२०८१ साउन १९, ०४:५७ खबर संवाददाता

एजेन्सीः भारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले वायनाड दुर्घटनामा मृत्यु हुनेको संख्या २१६ पुगेको बताएका छन्।

यस घटनामा दुई सयभन्दा बढी मानिस अझै बेपत्ता रहेको उनले जानकारी दिएका छन्। वायनाडमा पीडितहरूका लागि ९३ राहत शिविरहरू पनि निर्माण गरिएका छन्, जसमा हाल १० हजारभन्दा बढी मानिसहरूले आश्रय लिएका छन्।

त्यस्तै अहिलेसम्म ६७ शवको पहिचान हुन सकेको छैन। सेनाले अहिले पनि उद्धार र राहत कार्य गरिरहेको छ। गत बुधवार भएको वर्षा र भूस्खलनमा परेकाको उद्धार कार्य अहिले पनि जारी रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस