सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको ओलानीमा पानी वितरण गर्दै साझा विवेकशिल

२०७६ जेठ २७, ०७:५१ खबर संवाददाता

साझा विवेकशिल पार्टीले कैलालीको गोदावरी नगरपालिकाको ओलानीमै पुगेर स्थानीयलाई पानी वितरण गरिरहेको छ। बीहिबार आएको हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएपछि बोरिङको पानी समेत बन्द हुँदा समस्यामा परेका स्थानीयलाई पानी वितरण गरिरहेको हो। साझा विवेकशिल पार्टीले आईतबारदेखि ओलानीमै पुगेर अत्तरियाबाट गाडीमा जारको पानी ढुवानी गर्दै वितरण गरिरहेको जनाएको छ।

साझा विवेकशिल पार्टीको सुदूरपश्चिम अभियान विभाग प्रमुख विनोद मल्ल विप्लव नेतृत्वको टोलीले गाउँमै पुगेर स्थानीयलाई पानी वितरण गरिरहेको हो। मल्लले हावाहुरीबाट उक्त क्षेत्रमा ठुलो जनधनको क्षती नभए पनि विद्युत अवरुद्ध हुँदा खानेपानीको समस्यामा परेका स्थानीयलाई घरमै पुगेर पानी वितरण गरिरहेको बताए। आज पनि ओलानीका विभिन्न टोलमा पुगेर पानी वितरण गरिएको मल्लले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस