सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने 

२०८१ साउन १८, ०६:०६

काठमाडौँः  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए। एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्ग्रेडिङ विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था छ। दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको बोर्ड  बताएको छ।

परीक्षा तालिका प्रकाशन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ। दुई भन्दा बढी बिषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन्। 
दुई बिषय सम्म अनुपस्थिति विद्यार्थी पनि पुरक परीक्षामा सामेल हुन पाउँछन्। गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए। त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए। ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए।
 

कमेन्ट लोड गर्नुस