सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिका र रुसले साटे कैदी, रुसले १६ र अमेरिकीले ८ जना रिहा गर्‍यो 

२०८१ साउन १८, ११:३५

मस्कोः अमेरिका र रुसले आ–आफ्नो जेलमा कैद भएर बसेका एकअर्काका नगरिकहरूलाई साटासाट गरेका छन्।

बिहीबार टर्कीको अंकारामा रुस र अमेरिकाले कूल २४ कैदी आदान प्रदान गरेका छन्। रुसले आफ्नो जेलमा रहेका १६ अमेरिकी नागरिकलाई अमेरिकालाई सुम्पिएको छ। यसमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, युएस मरीन दिग्गज पल भेलान र अल्सु कुमारशेवा पनि छन्। अमेरिकाले भने ८ जना रुसी कैदीलाई रुसको जिम्मा लगाएको छ।

अमेरिकाले रिहा गरेको रुसीहरूको भने नाम खुलाइएको छैन। यो शितयुद्धयता दुई देशबीचको सबैभन्दा ठूलो बन्दी आदानप्रदान कार्यक्रम थियो।

कमेन्ट लोड गर्नुस