एमाले सचिवालय बैठक जारी, नेताको कार्य विभाजन हुने
काठमाडौँः एमाले सचिवालय बैठक जारी, नेताको कार्य विभाजन हुनेकाठमाडौंः केहीबेरअघि सुरु भएको नेकपा एमाले सचिवालय बैठक जारी छ।
बैठक हनुमानथानस्थित होटल बसेरामा चलिरहेको छ। आजको बैठकले वर्तमान राजनीतिक अवस्थाको समीक्षाका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने बताइएको छ। असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो। यसअघि केन्द्रीय नेताहरूको अन्तरजिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो। नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी पार्टीले गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको सभापतित्वमा बसेको छ।