सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सचिवालय बैठक बस्दै

२०८१ साउन १७, ०८:०७ खबर संवाददाता

काठमाडौँ: नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ। साथै, बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ। यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो।

कमेन्ट लोड गर्नुस