धनगढीको नवजीवन अस्पतालमा आइसियु सेवा सुरु

धनगढीको नवजीवन अस्पताल प्रालीले आजदेखि सघन उपचार कक्ष (आइसियु) सेवा सुरु गरेको छ। झण्डै दुई करोडको लागतमा अस्पतालले भेन्टिलेटर सहित ६ शैयाको आइसियु सेवा सुरु गरेको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष एज्ञराज ढुंगानाले बताए। आईसियु सेवाको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्धघाटन गरे।
आइसियुमा शैयाको प्रतिदिन चार हजार र भेन्टीलेटरको तीन हजार शुल्क तोकिएको छ। अस्पतालले न्युरो सर्जन बाहेकका सवै विषेशज्ञ सेवा प्रदान गर्दै आएको दावी गरेको छ।




