गोदावरी नगरपालिकाले गर्यो हनुमान मन्दिर परिसरमा वृक्षारोपण
धनगढी: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित हनुमान मन्दिरको परिसरमा निर्माणाधीन अवस्थामा रहेको लव कुश बाटिकामा वृक्षारोपण गरिएको छ।
मङ्गलवार नगरपालिकाको सहयोगमा मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो। गोदावरीका नगर प्रमुख वीरेन्द्र भट्टले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा विभिन्न सामाजिक व्यक्ति र अत्तरियाको होलिल्याण्ड स्कुलका विद्यार्थीहरूले वृक्षारोपण गरेका हुन्। मन्दिर परिसरमा निर्मित बाटिकामा रुद्राक्ष, आप , अशोक, बेल, रक्तचन्दन, श्रीखण्ड, लिची, धुपी, समी लगायतका बिरुवा रोपिएको नगर प्रमुखको सचिवालयले जनाएको छ।