सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

२०८१ साउन १५, ०८:३४ खबर संवाददाता

धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमानगरपालिका–२ ट्राफिक चौराहा, ५ नम्बर वडाको एक्सिस स्कुल नजिक, १२ नम्बरको बटौरीघाट, गोदावरी नगरपालिका–१ को बिधुत कार्यालय नजिक र कैलारी गाउँपालिका–४ हनुमान मन्दिर नजिकबाट भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो।

भारतबाट ल्याएका कुर्ता–सुरवाल कपडा, चिनि, प्याज, डिस्पोजेवल गिलास, सलाई, डेरिमिल्क, सेतो पेडा, सुर्ती, कुर्ति, पास्ता, सरप लगायतका अन्दाजी २ लाख १३ हजार ५९० मुल्य बराबरको सामान बेबारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस