सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना २० वर्षपछि पक्राउ

२०८१ साउन १४, ०८:३४ खबर संवाददाता

धनगढीः  कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

भजनी नगरपालिका–८ का ४७ वर्षीय लल्लन जागालाई बर्दीयाको मधुबन नगरपालिका–४ ढोडरी बजारबाट पक्राउ गरिएको हो।

उनलाई २०६१ जेष्ठ ३० गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो। इलाका प्रहरी कार्यालय राजापुर बर्दीयाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय भजनीबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस