सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

२०८१ साउन १४, ०७:०८ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खग्रौला चेक पोष्ट नजिक सडक खण्डबाट सोहि ठाउँका २२ वर्षीय दिपेश आउजी पक्राउ परेका हुन।

उनलाई दुई ग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय टीकापुरको अपराध अनुसन्धान शाखाबाट  खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस