कञ्चनपुरबाट ४ लाख बढीको तस्करीको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले तस्करीको सामान बरामद गरेको छ।
जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको अन्दाजी ४ लाख २५ हजार ७ सय १० मुल्य बराबरको सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले अन्दाजी २ लाख ८८ हजार ६५०,इलाका प्रहरी कार्यालय गड्डाचौकीले ६० हजार मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
यस्तै प्रहरीचौकी परासनले अन्दाजी २२ हजार १६० र प्रहरीचौकी जिमुवाले अन्दाजी ५४ हजार ९ सय मुल्यको सामान बरामद गरेको छ। बरामद गरेको सामान ब्रेकतार, सुट, पेन्ट, भेस्ट, नमकिन, पलाष्टिक, सलाई, तेल, दाल लगाएतका खाद्य सामान कारबाहीका लागि भन्सार कार्यालय कञ्चनपुर पठाइएको छ।