कैलालीमा स्कुल बस दुर्घटना
धनगढीः कैलालीमा स्कुल बस दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो।
गोदावरी नगरपालिका–८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिङ्ग स्कुलको से ०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटना भएको छ। बसमा २७ जना विद्यार्थी सवार थिए भने बसमा सवार विप्लब खड्का र प्रकाश रावत घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए।
घाइतेलाई अत्तरियास्थित पदमा अस्पतालमा ल्याइएको छ। बस चालक ३५ वर्षीय सैतुराम चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।