सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा दाउरा संकलन गर्ने क्रममा बेपत्ता भएका एक जना मृत फेला

२०८१ साउन १३, ०८:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा महाकाली नदीमा दाउरा संकलन गर्ने क्रममा बेपत्ता भएका एक जना मृत फेला परेका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ मर्माल स्थित महाकाली नदीमा सोहि ठाउँका ५० वर्षीय रतन भट्ट शनिवार बेपत्ता भएका थिए।

हिजो बेपत्ता भएका भट्टलाई आज (आइतवार) दोधारा चाँदनी नगरपालिका–७ मा नदी किनारामा मृत फेला पारेको प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस