कञ्चनपुरबाट तीन लाख बढीका भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा तीन लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ७३ हजार ८०, वडा प्रहरी कार्यालय महेन्द्रनगरले २२ हजार १७०, प्रहरी चौकि पचुईले ६९ हजार १८०, प्रहरी चौकि परासनले २४ हजार, प्रहरी चौकि टेडुवाले १० हजार, अस्थाइ प्रहरी पोष्ट बन्साहले ६ हजार ६ सय र अस्थाइ प्रहरी बिट मझगाउँले २१ हजार ७६० गरि करिब ३ लाख २६ हजार ७९० बराबरको भन्सार छलीको तेल, दाल, सुर्ती, सुट, कुर्ती, चिनी ,पेय पदार्थ,बिडी,र हार्डवेयरका सामान नियन्त्रणमा लिइ बरामद गरी थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकोे छ।