कञ्चनपुरबाट एक लाख बढीका भन्सार छलीका सामान बरामद
२०८१ साउन १३, ०८:२७
कञ्चनपुरः कञ्चनपुरबाट एक लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको बेलौरी नगरपालिका-८ पश्चिम टोल, भीमदत्त नगरपालिका-१७ बाँसखेडा र ६ ऐठपुरबाट अवैध रुपमा भन्सार छली गरि ल्याएका ईलेक्ट्रोनिकका सामान, टेक्टरको पाटपुर्जा, धोती र सुट कपडा गरि अन्दाजी १ लाख १३ हजार १० मुल्य बराबरको सामान प्रहरीले बरामद गरेको जनाएको छ। उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस