कैलालीमा सालको रूखमा मोटरसाईकल ठोक्किएपछि...
धनगढी: कैलालीमा सालको रूखमा मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन्।
शनिवार राति भजनी नगरपालिका–९ स्थित सुखड–भजनी सडकखण्डमा पश्चिमबाट उत्तरतर्फ गइरहेको से २ प १९९२ नम्बरको मोाटरसाईकल सालको रूखमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते चालक भजनीका मकालु चौधरी र पछाडि सवार घोडाघोडी नगरपालिका–३ बस्ने ४२ वर्षीय जगतराम चौधरी घाईते भएका छन्। उनीहरू दुवैको जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया जनाएको छ।