सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीभरी साँझ सम्म विद्युत सुचारु हुने प्राधिकरणको दावी

२०७६ जेठ २६, ११:२७ खबर संवाददाता

नेपाल विद्युत प्राधिकरणले साविकको धनगढी नगरपालिका क्षेत्रमाल आज साझ सम्म विद्युत सेवा सुचारु हुने जनाएको छ। विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले हावाहुरीका कारण अवरुद्ध भएको लाईन मर्मत सम्भारको काम अन्तीम चरणमा पुगेकाले धनगढीमा साँझ सम्म विजुली बाल्ने प्रयास भइरहेको बताए।

शाहले हावाहुरीले ढलेका पोलहरु गाड्ने र लाईन मर्मत सम्भारको काम तिव्र रुपमा चलिरहेकाले बजार क्षेत्रमा साझ सम्म विद्युत सुचारु हुने जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस