सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपीए कलेजले धनगढीमा तीन हजार बढी विरुवा रोप्यो

२०८१ साउन ११, ०६:१० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको एसपीए कलेजले शुक्रवार वृक्षारोपण गरेको छ।

कलेजले हालै सम्पन्न टी–२० पुरुष विश्वकप २०२४ मा नेपाली क्रिकेटरहरूले गरेको प्रदर्शनमा तीन हजार चार सय सत्तरी बिरुवा रोपेको छ। कलेजले हरेक रनमा १० र विपक्षी टिम विरुद्ध लिएको हरेक विकेटमा २० बिरुवा रोप्ने पूर्व घोषणा अनुरूप ३ हजार ४ सय ७० बिरुवा रोपेको हो।Open photo

कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रिन क्लिन धनगढी सँगको सहकार्यमा धनगढी उप–महानगरपालिको हरित धनगढी कार्यक्रममा सहयोग पुर्‍याउने उद्देश्यका साथ शारदा माध्यामीक विद्यालयले धनगढी–२ स्थित नल्का घाटमा उपलब्ध गराएको जग्गामा वृक्षारोपण गरेको हो। एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले बिरुवा उपलब्ध गराई सहयोग गर्ने डिभिजन वन कार्यालय धनगढी तथा पर्यावरणको प्रवर्द्धनका लागि सहयोगीलाई धन्यवाद दिए।Open photo

वृक्षारोपण कार्यक्रममा धनगढी–२ का वडा अध्यक्ष धर्मराज ओझा, शारदा माविका प्रधानाध्यापक तेज सिंह, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू सशस्त्र प्रहरी बल दक्षिण बैयाहबेहेडी नल्का घाट धनगढीका प्रमुखसहितको टोली, ब्राईटवे पब्लिक स्कुलका शिक्षक तथा विद्यार्थीहरू, नेपाली राष्ट्रिय टोलीका क्रिकेटरहहरु नेपाली राष्ट्रिय टोली २०१६ यु–१९ का पूर्व कप्तान राजु रिजाल, यु–१९ २०२४ विश्वकप खेलाडी विपिन रावल, नेपाल ए टिमका नारायण जोशी, यु–१९ २०२१ का सदस्य वसन्त सिंह, पूर्व सुदूरपश्चिम क्रिकेट टोलीका सदस्य लगाएतको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस