सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुवेला रोक्न द्रुत प्रतिकार्य टोली परिचालन

२०८१ साउन ११, ०५:४९ खबर संवाददाता

धनगढीः कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।

शुक्रबार सामाजिक विकास मन्त्री ओमविक्रम भाटको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित स्थानीय तहसँग सहकार्य गरेर हैजा र दादुरा–रुबेला निवारणका लागि टोली परिचालन गरिएको हो। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय र स्थानीय तहको एक टोली बनाएर सम्बन्धित स्थानीय तहमा परिचालन गरिएको मन्त्रालयका प्रवक्ता हेमराज खडकाले बताएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो भने एक बालिकामा पनि हैजाको शंका गरिएको छ। त्यस्तै शुक्लाफाँटा नगरपालिका–११ मा एक वर्ष ४ महिना र ९ वर्षका बालकमा दादुरा–रुवेला पुष्टि भएको छ।

कमेन्ट लोड गर्नुस