धनगढीबाट चार लाख बढीको तस्करीको सामान बरामद
धनगढीः कैलालीबाट प्रहरीले तस्करीको सामान बरामद गरेको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट भन्सार छलिका अन्दाजी दुई लाख १२ हजार मुल्य बराबरको जेन्स मोजा र लेडिज मोजा बरामद गरिएको छ।
यस्तै धनगढी–३ नम्बरबाट पनि भन्सार छलिका अन्दाजी एक लाख ९० हजार छ सय मुल्य बराबरको चस्मा र चस्माको ग्लास बरामद गरिएको छ। बरामद गरेको सामान कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।