रोटरी क्लवले धनगढीमा हावाहुरी पीडितका तीन घर निर्माण गर्दै

रोटरी क्लव अफ धनगढीले उप महानगरपालिको वडा नम्बर १५ को कनरी गाँउमा क्षतिग्रस्त घरको पुनर्निर्माण शुरु गरेको छ। कनरीका तीन घरमा छाना निर्माणका लागि जस्तापाता वितरण गर्नुका साथै निर्माणमा सुरु गरिएको हो। रोटरी क्लव अफ धनगढीका अध्यक्ष पुष्कर ओझाको नेतृत्वमा कनरी पुगेको टोलीले स्थानीय सुशिल चौधरी, सीतादेवी चौधरी र बटनलाल चौधरीको घरको छाना निर्माणका लागि जस्तापाता प्रदान गर्नुका साथै छानो निर्माणमा गरिरहेको हो।
छानो निर्माणमा सशस्त्र प्रहरी, रोट्रयाक्ट क्लव अफ धनगढीले पनि सहयोग गरिरहेको अध्यक्ष ओझाले बताए। रोटरी क्लव अफ धनगढीका सदस्यहरुले हावाहुरीबाट विस्थापित तथा प्रभावितहरुको घर पुनर्निर्माणका लागि जनही पैसा उठाएर सहयोग गरेका हुन्।




