सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसबीआई  बैंकबाट धनगढी  उपमहानगरलाई एक लाख सहयोग 

२०८१ साउन ११, ०४:३१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा शैक्षिक सुधार कार्यक्रमका लागि एसबीआई बैंकले आर्थिक सहयोग गरेको छ।

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि सो बैंकले एक लाख पाँच हजार रुपैयाँको चेक नगरप्रमुख गोपाल हमालाई हस्तान्तरण गरेको हो।

शैेक्षिक सुधारका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा एसबीआई बैंक धनगढी शाखाले २० जना बालबालिका बराबर एक लाख पाँच हजारको चेक उपलब्ध गराएको उपमहानगरपालिकाले जनाएको छ। धनगढी उप–महानगरपालिका नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा अहिलेसम्म विभिन्न संघ सस्थाहरूबाट ४५ लाख आठ हजार दुई सय ५० रुपैया सहयोग प्राप्त भएको उपमहानगरले जनाएको छ।

कमेन्ट लोड गर्नुस