सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका श्रृंगारका सामान बरामद 

२०८१ साउन ११, ०८:०१ खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका श्रृंगारका सामान बरामद गरिएको छ।

धनगढी–२ ट्राफिक चौराहा र भजनी–५ रणनगर नजिक भारतबाट भन्सार छली ल्याएको अन्दाजी ५४ हजार ७३० मुल्य बराबरको सुट, कडा–चुरी, लिपिस्टिक, कुमकुम सिन्दुर लगायत श्रृंगारका सामान, चप्पल र रसायनिक मलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस