सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्कुटर दुर्घटना हुँदा एक महिला घाइते

२०८१ साउन १०, ०५:२८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थित ६ लेन सडकमा स्कुटर दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।

धनगढी उपमहानगरपालिका–३ डिके पेट्रोल पम्प नजिक बुधवार स्कुटर दुर्घटना भएको हो।

स्कुटर दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की २७ वर्षीया संगिता जोशी घाइते भएकी छन्। घाइते जोशीको सौभाग्य अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस