सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८१ साउन १०, ०१:५६ खबर संवाददाता

कैलालीः कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–७ हुलाकी राजमार्गबाट करिब १ सय मिलिग्राम लागूऔषध सहित सोही गाउँपालिका–३ बस्ने २८ वर्षीय राजु चौधरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित बुधबार राति पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस