टीकापुरबाट लागुऔषधसहित २ जना पक्राउ
२०८१ साउन ९, ०८:४६
धनगढीः कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका–१ भुपु सैनिक चोकबाट बर्दगोरीया गाउँपालिका–२ कुम्भियाका २८ वर्षीय सुमन डगौरा थारु र १९ वर्षीय यमबहादुर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।
सुमन डगौरा थारुलाई चेकजाँच गर्दा उनको साथबाट २८० मिलिग्राम लागुऔषध फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस