सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बजार क्षेत्रको विद्युत आजै सुचारु हुने सम्भावना

२०७६ जेठ २५, ११:३७ खबर संवाददाता

हावाहुरीका कारण विहिवार रातीदेखि अवरुद्ध भएको धनगढी बजार क्षेत्रको विद्युत आज साँझदेखि सुचारु हुने सम्भावना रहेको छ। नेपाल विद्युत प्राधिकरण धनगढीका अनुसार शुक्रवारदेखि नै मर्मतको कार्य जारी भएकाले आज साँझ सम्म धनगढी बजार क्षेत्रका धेरै स्थानमा विद्युत सुचारु हुने सम्भावना रहेको छ।

विद्युत प्राधिकरण धनगढी बितरण केन्द्रका प्रमुख धिरेन्द्र कुुमार यादबले विद्युत सुचारुका लागि धनगढी वितरण केन्द्र भित्रै मात्र १३ वटा टिम खटाईएको बताए। उनले धनगढी बजार क्षेत्रमा ७, गोदावरी क्षेत्रमा ३, कैलारीमा २ र चौमला क्षेत्रमा एक टिम परिचालन गरिएको बताए। 

कुनै प्राविधिक समस्या नदेखिए आज धनगढीको बसपार्क क्षेत्र, चौराह क्षेत्र, हसनपुर क्षेत्र र चटकपुर क्षेत्रमा विद्युत सुचारु हुने सम्भावना रहेको बताए। हावाहुरीका कारण धनगढी क्षेत्रमा मात्रै ५ सय बढि पोलहरु ढलेका छन। 
 

कमेन्ट लोड गर्नुस