सुदूर नेपाललाई विश्वसँग जोड्दै

इसाई समाजले भन्यो, सम्झौता विपरीत चर्च चलाउनु गलत

२०८१ साउन ८, ०६:५७ खबर संवाददाता

धनगढीः धनगढी नगर इसाई समाजले वडा कार्यालय र जग्गा धनीसँग गरिएको सम्झौता विपरीत चर्च चलाउनु गलत भएको ठहर गरेको छ। धनगढी नगर इसाई समाजका अध्यक्ष जोयल भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा मनेहरामा खोलिएको चर्च इसाई समाजमा आवद्ध नभएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा कुनै जानकारी बिना सञ्चालनमा ल्याइएको चर्च सम्झौता विपरीत चलाउने गतिविधिको भर्त्सना गरिएको छ।

 
कमेन्ट लोड गर्नुस