सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्दोलनपछिको बंगलादेशको अवस्थाबारे जानकारी गराउन सांसदको माग

२०८१ साउन ८, ०३:०३

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनीष झाले बंगालादेशमा आरक्षणसम्बन्धी विवादमा भएको आन्दोलनपछिको अवस्थाबारे सदनमा जानकारी गराउन माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले उक्त घटनापछिको नेपालीको अवस्थाबारे जानकारी गराउन परराष्ट्रमन्त्री डाक्टर आरजु राणासँग आग्रह गरे।नेपालबाट अध्ययन गर्न गएका विद्यार्थी आपत्कालीन अवस्थामा फर्किए। धन्न अहिलेसम्म नेपालीले ज्यान गुमाउनु परेन।

तर पनि परिस्थिति कस्तो छ ? उनले भने, जटिलता आदिको बारेमा आधिकारिक रूपमा सदनमा आएर परराष्ट्र मन्त्रालयले जानकारी गराउनुपर्ने हो। त्यो जानकारी गराउन अनुरोध गर्न चाहन्छु।”
 

कमेन्ट लोड गर्नुस