सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवद्र्धनमा सम्झौता

२०८१ साउन ६, ०६:४४ रासस

काठमाडौँः पर्वतीय पर्यटन प्रवद्र्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबीच सम्झौता भएको छ।

नेपाल पर्वतारोहण सङ्घ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घबीच दुईपक्षीय सम्झौता भएको हो। चीनको सिचाङ स्वायत्त प्रदेशको निङची÷लुलाङ सहरमा यही जुलाई ३ देखि ५ तारिखमा आयोजना भएको ‘ट्रान्स हिमालय फोरम’ का अवसरमा भएको उक्त सम्झौताबारे सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

सङ्घका अध्यक्ष निमानुरु शेर्पाले उक्त सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महतवपूर्ण भूमिका निर्बाह गर्ने विश्वास व्यक्त गरे। उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबिचको ज्ञान, सीप आदनप्रदान तथा उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवद्र्धनका लागि चीन सरकारको उच्च पदाधिकारीहरुको उपस्थितिमा भएको आफ्नो लुसाङ भ्रमणका दौरानमा दुई देशबीच चार बुँदे सम्झौता भएको हो।

सम्झौतामा पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने, आरोहण संस्कृतिको प्रवद्र्धन, पर्वतीय वातावरणको संरक्षण र आरोहणसम्बन्धि जनशक्ति उत्पादनमा जोड दिने उल्लेख छ। यो सम्झौता सङ्घले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठूलो भएको सङ्घले दावी गरेको छ।

यस्तै नेपाल पर्वतारोहण सङ्घ र सिचाङ स्वाशासित क्षेत्र खेलकुद महासङ्घबीच आरोहण संस्कृतिको प्रवद्र्धन गर्ने सहमति भएको छ। विशेषगरी दुई देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति भएको छ।
 

कमेन्ट लोड गर्नुस