सुदूर नेपाललाई विश्वसँग जोड्दै

वेदकोट नगरपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम सम्पन्न

२०८१ साउन ६, ०५:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम गरिएको छ।

वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा तालिम गत  जेष्ठ २० गते सुरु गरिएको तालिम आज सम्पन्न भएको हो।  तालिममा प्रमुख प्रशिक्षकको रुपमा काठमाडौँ विश्व विधालयका एआई विभागीए प्रमुख डाक्टर यज्ञराज पाण्डे रहेका थिए।

नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम संचालन गरिएको थियो भने सो कार्यक्रममा नगर उप प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत  पदमराज भट्ट रहेका  थिए। तालिम सुदूरपश्चिम विश्वविद्यालयबाट ईन्जिनियरिङ् विभागिय प्रमुख हरेन्द्र कलौनी,  बिएस्सी सि.एस.आईटी विभागिय प्रमुख कर्णदेव भट्ट, सूचना प्रविधि अधिकृत सुनिल चन्द, रोजगार शाखा प्रमुख भोजराज अवस्थी लगाएतका सहभागी रहेका थिए। साथै प्रशिक्षार्थीहरुको उल्लेखिए सहभागिता रहेको थियो।

प्रशिक्षार्थीहरुले सो सम्बन्धी प्रोजेक्ट तयार गरि नगरपालिकाको सभाहलमा प्रस्तुतिकरण समेत गरेका थिए। विद्यार्थीहरुले प्रस्तुत गरेका प्रोजेक्टहरुमा बालिमा लाग्ने रोग सम्बन्धी पुर्व सूचना दिने ए.आई सिस्टम, फोटोको आधारमा पर्यटकीय स्थलहरुको बिस्तृत जानकारि दिने सिस्टम, व्यापार व्यावसायमा ग्राहकहरुको टिकाउ दर प्रदान गर्ने सिस्टम तथा मानव स्वास्थ्यमा लाग्ने रोगहरु पत्ता लागाउने ए.आई सिस्टम तयार गरि कार्यक्रममा प्रस्तुतिकरण गरेका थिए।

नगर भित्र सूचना प्रविधि अध्ययन गरिरहेका युवाहरूमा प्रयोगात्मक सीप विकास गरि व्यावसायिकरणमा सहयोग पुग्ने नगर प्रमुख भोजराज बोहराले बताए। यस नगरपालिका र सुदूरपश्चिम विश्वविद्यालय सँग एम.ओ.यु गरि कार्यक्रमहरुमा थप सहकार्य गर्दै जाने नगर प्रमुख बोहराले बताए।

कमेन्ट लोड गर्नुस