कञ्चनपुरमा झण्डै ७ लाख मुल्यको अबैध सामानसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा झण्डै ७ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।
आज (आइतबार) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पाँच लाख ७५ हजार पाँच सय ४ रुपैयाँ र इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख ९५० गरेर करिब ६ लाख ७६ हजार ४५४ मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो।
औषधी, एक थान मोटरसाइकल, मदिरा, चप्पल, सुट, कुर्ती, तेल, चिनी र हार्डवेयरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। साथै भन्सार छलीमा संलग्न एक जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।