सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरीले सबैभन्दा बढि क्षती धनगढीमा

२०७६ जेठ २४, ०८:३८ खबर संवाददाता

विहिवार राती परेको हावाहुरीले सबैभन्दा बढि क्षती धनगढीमा भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अन्य क्षेत्रको भन्दा सबैभन्दा बढि धनगढीमा क्षती भएको हो। धनगढीमा मानविय क्षती नभएपनि अन्य क्षती भने धेरै भएको छ। धनगढीमा दर्जनौ घरका छाना उडाएको छ भने विद्युतमा पनि ठुलो क्षती गरेको छ।

धनगढीको पनि मनहेरा क्षेत्रमा बढि क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए। अहिले क्षतीको विवरण संकलनको जिम्मा स्थानीय तहको भएकाले अहिले सम्म यकिन विवरण भने आउन नसकेको उनले बताए। विभिन्न ठाउँमा रुख ढलेर सडक समेत अवरुद्ध भएको छ। 

कमेन्ट लोड गर्नुस