सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्तिमा पुनः संसदीय दलको नेता फेरिए

२०८१ साउन ५, ०९:५३ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता पुनः फेरिएका छन्।

असार २९ गते घनश्याम चौधरीलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको थियो। तर सो निर्णय भएको एक साता नबित्दै पुनः घनश्याम चौधारीलाई दलको नेता चयन गरिएको छ। साउन २ गतेको बैठकले घनश्याम चौधरीलाई दलको नेता, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतक र इन्दिरा गिरीलाई सचेतक चयन गर्ने निर्णय गरिएको छ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट सात जना प्रदेश सभाभ सदस्य छन्। घनश्याम चौधरीलाई दलको नेता बनाउने निर्णयमा घनश्याम चौधरी, लक्ष्मण किशोर चौधरीलाई रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छन्। कैलाश चौधरी, खुसीराम चौधरी र टीका थापाले उक्त निर्णयमा हस्ताक्षर गरेका छैन। असार २९ गते लक्ष्मण किशोर चौधरीले हस्ताक्षर गरेर खुसीराम चौधारीलाई दलको नेता बनाएका थिए भने लक्ष्मण किशोरले नै साउन २ गते घनश्याम चौधरीले दलको नेता बनाउने निर्णयमा पनि हस्ताक्षर गरेका छन्।

कमेन्ट लोड गर्नुस