सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्याङकर भित्र किशोरीसंग रंगेहात पक्राउ परेका २ जना विरुद्ध मुद्धा दर्ता

२०७६ जेठ २३, ०६:४३ खबर संवाददाता

धनगढीमा ईन्धन बोक्ने ट्याङकर भित्रै एक किशोरी र दुई जना युवा आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ परेका छन्। बुधवार राती साढे १ बजे धनगढी उप–महानगरपालिका वडा नम्वर ३ चटकपुरमा ट्याङकर भित्रै आपत्तिजनक अवस्थामा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो। ना ६ ख ७६०३ नम्वरको ट्याङकरमा १६ बर्षीय किशोरीसंग आपत्तिजनक अवस्थामा भेटिएका उक्त ट्याङकरका सह–चालक र एक अर्का ट्याङकरका सह–चालकलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीको गस्ती टोलीले आपत्तिजनक अवस्थामा फेला पारेपछि दुई युवा र किशोरीलाई जिल्ला प्रहरी कार्यालय पुगाईएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीका अनुसार किशोरीले आफुमाथि  दुवै जना मिलेर बलात्कार गरेको आरोप लगाएकी छन्। उनीहरु दुवै जना विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

किशोरीको आरोपको आधारमा र कानुनले तोकेको भन्दा कम उमेरकी किशोरी भएकाले जवरजस्तीकरणीमा मुद्धा दर्ता गरिएको प्रहरी निरिक्षक डाँगीले बताए। कानुनले तोकेको भन्दा कम उमेरमा सहमतीमा भएपनि शारिरीक सम्वन्ध राख्न नपाउने भएकाले मुद्धा दर्ता गरि अनुसन्धान भईरहेको उनले बताए। किशोरीलाई भने आफन्तको जिम्मा लगाईएको छ। 

कमेन्ट लोड गर्नुस