सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी, रास्वपा र एसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

२०८१ साउन ४, ०६:४७ खबर संवाददाता

काठमाडौँः नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्।

शुक्रवार बसेको तीन दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेकोले विश्वासको मत नदिने निर्णय गरिएको बताए। उनले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्नुपर्नेमा २ अनुसार बनेको जिकिर गरे।

पुनले प्रतिपरक्षमा रहेका दलहरुबिचको एकताको हिसाबले सशक्त ढंगले जनताको भावना र आवाजको प्रतिनिधित्व गर्ने तीन दलका नेताबीच समझदारी बनेको बताए। शुक्रवार अपराह्न भएको उक्त छलफलमा प्रतिपक्षी दलहरुले साझा एजेण्डा बनाएर प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा छलफल भएको रास्वपाका सभापति रवि लामिछानेले बताए।

‘कसरी बलियो प्रतिपक्ष भएर बस्ने भन्नेबारे प्रतिपक्षलाई अलि बढी चुनौती छ, त्यसकारण जनजीविकाका सवालमा साझा एजेण्डाहरु के कस्ता हुने भन्ने सवालको छलफल भएको छ’, उनले भने।
 

कमेन्ट लोड गर्नुस