कैलालीकी महिला फुटबल खेलाडी थापाको निधन
धनगढी: कैलालीको धनगढीकी महिला फुटबल खेलाडी सीता थापाको निधन भएको छ। थापाको बिहिवार राति धनगढी स्थित नोभा अस्पतालमा निधन भएको हो।
उनको निमोनियाको कारण निधन भएको कैलाली फुटबल संघका अध्यक्ष अनिल मल्लले बताए। धनगढी-१८ फूलबारी घर भएकी थापा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै महिला फुटबलको क्षेत्रमा लामो समयसम्म आफ्नो योगदान दिने अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडी हुन्।
थापाले नेपाल प्रहरीको फुटबल टिम महेन्द्र पुलिस क्लबमा आबद्ध भएर अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी भएकी खेलाडी हुन्। उनी हाल नेपाल प्रहरीमै कार्यरत रहेकी थिइन्। थापाको निधनमा शोक मनाउँदै कैलाली जिल्ला फुटबल संघले तीन दिनसम्म नियमित फुटबल गतिविधिहरू स्थगित गरेको जनाएको छ।