सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको दिनेश अटोमोटिभ्समा बजाजको एन १५० मोडेल बाइक सार्वजनिक

२०८१ साउन ४, ०५:०९ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा रहेको दिनेश अटोमोटिभ्सले बजाज कम्पनीको एन १५० मोडेलको मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले शुक्रवार नयाँ मोडेलको बाइक औपचारिक रुपमा बिक्री गर्न सुरू गरेको हो।

दिनेश अटोमोटिभ्सका उप-महाप्रबन्धक तेज बमले युवाहरूलाई लक्षित गरेर कम्पनीले नयाँ मोडेलको बाइक बजारमा ल्याएको बताए। पूर्ण डिजिटल र विभिन्न रङमा उपलब्ध एन १५० मोटरसाइकलको बजार मूल्य ३ लाख ५९ हजार ९ सय रहेको बमले बताए।
 खरिद गर्न चाहने व्यक्तिलाई ५० प्रतिशत डाउनपेमेन्टमा ३६ महिनाका लागि मासिक ५ हजार ९८० रुपैयाँ किस्तामा मोटरसाइकल बिक्री गर्न सकिने कम्पनीको योजना रहेको छ।

यस्तै,मोटरसाइकलको इन्जिनको वारेन्टी पाँच वर्षको छ भने ब्याट्रीको १ वर्ष र सकरको ६ महिना वारेन्टी रहेको बमले बताए। नयाँ मोटरसाइकलको अगाडि र पछाडि ब्रेक छ भने एलइडी हेडलाइट, डिजिटल मिटर, मोबाइल कनेक्ट र चार्ज गर्ने सुविधा समेत रहेको छ।

मोटरसाइकलको टंकीको क्षमता १४ लिटर तथा सिङ्गल ह्यान्डिल भएकाले मोड्न सजिलो हुने दाबी गरिएको छ। नयाँ मोटरसाइकलले ४५-५० किलोमिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ।

कमेन्ट लोड गर्नुस