सरकार स्वास्थ्य सुधारमा प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याउन नसकिएको बताएका छन्। दिगो विकास लक्ष्य पूरा गर्न उच्चस्तरीय स्वास्थ्य सेवा कस्तो हुनुपर्छ भन्ने अन्तर्रा्ष्ट्रिय रिपोर्ट सार्वजनिक गर्दै बिहीबार राजधानीमा बलियो कानुन हुँदाहुँदै पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याउन नसकिए बताउंदै सरकार स्वास्थ्य सुधारमा प्रतिबद्ध रहेको बताए।
सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्नुपर्ने भन्दै पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले कुन सेवालाई कुन ठाउँमा राख्ने भन्ने विषयमा सरकारले सोच्नुपर्ने बताए। प्रतिवेदनमा नेपालको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री थापाले सदस्यकारुपमा काम गरेका छन्।




