कैलालीमा लागूऔषधसहित एक जना पक्राउ
२०८१ साउन ४, ०७:४३
धनगढीः कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका-३ कुसमघाटबाट टीकापुर नगरपालिका-१ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ९ सय ६० मिलिग्राम लागूऔषध (खैरो हिरोईन)सहित फेला पारी नियन्त्रण लिएको प्रहरी चौकी जनकपुरले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस