सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ साउन ३, ०१:१३ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ ब्रह्मदेवमा म १ प ११४५ नम्बरको मोटरसाइकल बुधवार राति दुर्घटना भएको हो। दुर्घटनामा चालक शुक्लाफाटा नगरपालिका–५ का ४० वर्षीय रूद्र बहादुर ओलीको मृत्यु भएको छ। उक्त मोटरसाइकलले म २ प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ओलीको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै, दुर्घटनामा घाइते भएका म २ प७२७१ नम्बरको मोटरसाइकल चालकको मायामेट्रो अस्पताल, धनगढीमा उपचार हुँदैछ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

कमेन्ट लोड गर्नुस