सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु            

२०८१ साउन २, ०१:३६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ हाइवे सिँचाइ कार्यालय नजिकै यूके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएर मंगलबार राति दुर्घटना भएको हो।

दुर्घटनामा परि मोटरसाइकल चालक भारत चम्फावत मिनाबजारबस्ती बनबासाका ३० वर्षीय चाँद पुरैसिको मृत्यु भएको हो। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस