सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ 

२०८१ साउन २, ०७:११ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा स्थित कच्ची सडक खण्डबाट सोही ठाउँ बस्ने २५ वर्षीय रमेश जोशी पक्राउ परेका हुन्।

जोशीलाई २ सय ६६ दशमलब ६६ ग्राम लागूऔषध (गाँजा)सहित मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। गाँजासहित उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस