सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको अघोषित लोडसेडिङका विषयमा विद्युत प्राधिकरणको ध्यानाकर्षण

२०७६ जेठ २३, ०१:१० खबर संवाददाता

धनगढीमा भईरहेको अघोषित लोडसेडिङका विषयमा नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराईएको छ। साझा विवेकशिल  पार्टी कैलालीको अभियान विभागले अघोषित लोडसेडिङले जनजीवन अस्तव्यस्त बनाएको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराईएको हो।

पार्टीको कैलालीको अभियान विभाग प्रमुख चुन्नु केसीको नेतृत्वमा गएको टोलीले  नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र प्रमुख धिरेन्द्र कुमार यादवको ध्यानाकर्षण गराएका हुन्। जवाफ प्राधिकरण प्रमुख यादवले प्राविधिक समस्याका कारण बत्ती बेला बेला आउने जाने भएपनि आउँदा दिनहरुमा उक्त समस्या नदोहोरिने जनाएको साझा विवेकशिल पार्टीका अभियान विभाग प्रमुख केसीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस